+
+
Shares

अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

अमलेश शर्मा अमलेश शर्मा
२०८३ असार ३० गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई प्रहरीले किसानको उजुरीका आधारमा पक्राउ गरेको छ।
  • किसानको करोडौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा उनीहरूलाई ठगीसम्बन्धी कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
  • ‘किसानहरूको उखुको करोडौं रुपैयाँ भुक्तानी लामो समयदेखि बाँकी रहेको र त्यसबाट हजारौं किसान प्रभावित भएको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ डीएसपी गौतमले भने।

३० असार, सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो । उखु किसानहरूले मिलले लामो समयदेखि आफूहरूको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दुवै जनालाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको हो ।

‘किसानहरूको उखुको करोडौं रुपैयाँ भुक्तानी लामो समयदेखि बाँकी रहेको र त्यसबाट हजारौं किसान प्रभावित भएको भन्ने उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ डीएसपी गौतमले अनलाइनखबरसँग भने।

उखु किसानहरूले वर्षौंदेखि आफ्नो बक्यौता रकम नपाएको गुनासो गर्दै आएका छन्। रकम भुक्तानी नहुँदा आफूहरू आर्थिक समस्यामा परेको किसानहरूको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेका मिल सञ्चालकमाथि ठगीसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?