+
+
Shares

उद्योगमन्त्री यादव र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता, आर्थिक सहकार्य र व्यापार प्रवर्द्धनमा छलफल

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच मंगलबार सिंहदरबारमा द्विपक्षीय व्यापार तथा आर्थिक सहकार्यका विषयमा शिष्टाचार भेटवार्ता भएको छ ।
  • राजदूत अर्न्स्टले अस्ट्रेलिया सरकार नेपालको वर्तमान कार्यदिशा र गतिसँगै सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको बताउनुभयो ।
  • मन्त्री यादवले नेपालको विकासमा अस्ट्रेलियाको निरन्तर सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन् ।

३० असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

भेटमा राजदूत अर्न्स्टले मन्त्री यादवको कार्यकाल सफलताको शुभकामना दिए । उनले वर्तमान सरकारको कार्यदिशा र गतिसँग अस्ट्रेलिया सरकार सँगसँगै अगाडि बढ्न र सहकार्य गर्न इच्छुक रहेको बताए ।

त्यस अवसरमा दुई देशबीच भइरहेको आयात–निर्यातको वर्तमान अवस्थाबारे समीक्षा गर्दै व्यापार थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच संवाद भएको थियो ।

यसैगरी अस्ट्रेलियामा रहेको नेपाली समुदाय (डायस्पोरा) मार्फत दुई देशबीचको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धन गर्न सकिने सम्भावनाका विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री यादवले नेपालको विकास प्रयासमा अस्ट्रेलियाले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरिन् । आगामी दिनमा दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास समेत उनले व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?