+

दक्षिण अफ्रिकी फुटबलर जेडन एडम्सको निधनबारे प्रहरीले थाल्यो अनुसन्धान

२०८३ असार  ३० गते १५:२७ २०८३ असार ३० गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका २५ वर्षीय मिडफिल्डर जेडन एडम्स आफ्नै घरमा मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
  • दक्षिण अफ्रिकन फुटबल खेलाडी संघले शनिबार उनको निधनको पुष्टि गरे पनि मृत्युको आधिकारिक कारण अहिलेसम्म खुलाइएको छैन।
  • विश्वकप खेलेर फर्किएका एडम्सले दक्षिण अफ्रिकाका लागि तीन खेलमा सहभागिता जनाएका थिए।

३० असार, काठमाडौं । दक्षिण अफ्रिकाका फुटबल खेलाडी जेडन एडम्सको मृत्युको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । फिफा विश्वकप खेलेर फर्किएको केही समयमै उनको शव फेला परेको थियो । उक्त घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका २५ वर्षीय मिडफिल्डर एडम्स केप टाउनको स्कट्स क्लुफ भनिने इलाकाको एउटा घरमा मृत फेला परेका थिए । दक्षिण अफ्रिकन फुटबल खेलाडी संघले शनिबार उनको निधन भएको पुष्टि गरेको थियो । उनको मृत्युको कारण भने अहिलेसम्म खुलाइएको छैन ।

विश्वकपमा चेक रिपब्लिकविरुद्ध १–१ को बराबरी खेल हुनुभन्दा एक दिनअघि मात्रै आफ्नी हजुरआमा मारियानाको निधन भए तापनि एडम्सले दक्षिण अफ्रिकाका लागि खेलेका तीन खेलमध्ये दुई खेलमा सुरुवाती ११ मा परेर खेलेका थिए ।

उनले चेक रिपब्लिकविरुद्धको खेल र दक्षिण अफ्रिका २–० ले मेक्सिकोसँग पराजित भएको खेलमा सुरुवाती ११ मा रहेर खेलेका थिए । त्यस्तै दक्षिण कोरिया विरुद्धको १–० को जितमा भने उनी वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए ।

जुन २८ मा क्यानडासँग पराजित हुँदै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको खेलमा भने उनी मैदान प्रवेश नगरी बेन्चमै सीमित रहेका थिए ।

–अल जजिराबाट

जेडन एडम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय