News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका युवा खेलाडी निको ओ'रिलीले महान् खेलाडी लियोनल मेसीविरुद्ध खेल्न पाउनु आफ्नो जीवनको दुर्लभ अवसर भएको बताएका छन् ।
- गोलरक्षक जोर्डन पिकफोर्डले अर्जेन्टिनाको बलियो टोलीलाई रोक्न मेसीलाई मात्र नभई सम्पूर्ण खेलाडीलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका छन् ।
- इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको विश्वकप सेमिफाइनल खेल बिहीबार बिहान १२:४५ बजे अमेरिकाको एटलान्टामा हुने भएको छ ।
३० असार, काठमाडौं । इंग्ल्यान्डका युवा लेफ्ट ब्याक निको ओ’रिलीले अर्जेन्टिनाका कप्तान लियोनल मेसीविरुद्ध खेल्नु आफ्नो जीवनकै दुर्लभ अवसर भएको बताएका छन् ।
‘म निकै उत्साहित छु। यो जीवनमा एकपटक मात्रै आउने अवसर हो। मेरो विचारमा मेसी फुटबल इतिहासकै महान् खेलाडी हुन् । उनीविरुद्ध खेल्न पाउनु नै विशेष कुरा हो’ उनले भने ।
३९ वर्षीय मेसीले यस विश्वकपमा आठ गोल गर्दै फ्रान्सका किलियन एमबाप्पेसँग गोल्डेन बुटको दौडमा संयुक्त अग्रता बनाएका छन् । विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ, जुन नयाँ कीर्तिमान हो ।
निकोले यसो भनिरहँदा मेसीको लागि पनि इंग्ल्यान्डसँगको यो पहिलो र सम्भवत: अन्तिम भेट हुनेछ । लियोनल मेसीले करियरमा कहिल्यै इंग्ल्यान्डसँग खेल्न लागेका हुन् ।
यस्तै इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले मेसीलाई मात्र रोक्ने योजना पर्याप्त नहुने बताएका छन् ।
‘मेसी कति उत्कृष्ट खेलाडी हुन् भन्ने सबैलाई थाहा छ । तर अर्जेन्टिना मेसीमात्र होइन । उनीहरूसँग धेरै गुणस्तरीय खेलाडी छन् । हामीले उनीहरूको सम्पूर्ण टोलीलाई ध्यानमा राखेर खेल्नुपर्छ,’ पिकफोर्डले भने ।
इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनल बिहीबार बिहान १२:४५ बजे अमेरिकाको एटलान्टामा हुनेछ । यस खेलको विजेताले फाइनलमा फ्रान्स र स्पेनबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
-बीबीसीबाट
प्रतिक्रिया 4