News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पाँच जनालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको छ ।
- न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका आरोपितहरूलाई उक्त सजाय सुनाएको हो ।
- अदालतले शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।
३० असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये दोषी ठहर भएका आरोपितहरूको सजाय निर्धारण गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरूलाई सजाय निर्धारण गरेको हो ।
जसमध्ये अदालतले ५ जनालाई १ वर्ष कैद सजाय निर्धारण गरेको छ भने उनीहरूलाई १० हजार रुपैयाँ जरिबाना समेत तोकेको छ ।
१ वर्ष कैद सजाय निर्धारण हुनेमा शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4