+
+
Shares
नक्कली शरणार्थी प्रकरण :

मुख्य योजनाकार भण्डारी र दुलाललाई समान ४ वर्ष कैद र ४० हजार जरिबाना

मंगलबार काठमाडौं जिल्ला अदालतले प्रकरणमा दोषी ठहर्‍याइएका १६ जनाविरुद्ध सजाय सुनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते २०:१२

३० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले प्रकरणमा दोषी ठहर्‍याइएका १६ जनाविरुद्ध सजाय सुनाएको हो ।

जसमा मुख्य योजनाकार मानिएका दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वषए कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना सुनाएको छ ।

सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद सुनाइएको छ । दुवै जना मुद्दाको सुरुवातदेखि नै पुर्पक्षका लागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?