+
+
Shares

यस्तो छ आजको राशिफल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ६:३१

मेष

आज लाभ र हानि, सुख र चुनौती दुवैलाई सन्तुलित रूपमा अनुभव गर्ने दिन रहनेछ । कुनै पनि निर्णय हतारमा नगरी बुद्धि र विवेकको प्रयोग गर्नु उचित हुनेछ । दिनको सुरुआत सामान्य रहे पनि बेलुकापख पारिवारिक जमघट रहनेछ । आज भगवान् गणेशको पूजा गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

वृष

आज योजना अनुसार काम सम्पन्न हुँदा आत्मसन्तुष्टि मिल्नेछ । धर्म, संस्कृति, कला र साहित्यप्रति आकर्षण बढ्नेछ । प्रशासनिक वा सरकारी काममा भने आवश्यक कागजात र प्रक्रियामा विशेष ध्यान दिनु उचित हुनेछ । आज भगवान् सूर्यनारायणलाई अर्घ्य अर्पण गरी कार्य गर्दा शुभ परिणाम प्राप्त हुनेछ ।

मिथुन

स्थान परिवर्तन वा टाढाको यात्राको सम्भावना देखिन्छ । परिवार तथा आफन्तसँगको भेटघाटमा दिन व्यतीत हुन सक्छ । यद्यपि बोलचालमा संयम अपनाउनु आवश्यक छ, अन्यथा सामान्य कुराले पनि विवाद निम्त्याउन सक्छ । आज भगवान् भैरवको स्मरण गरी कार्य प्रारम्भ गर्दा विशेष सफलता प्राप्त हुनेछ ।

कर्कट

आज नजिकका व्यक्तिको साथ र सहयोगले कठिन काम पनि सहज बन्नेछ । परिवारसँग रमाइलो समय बित्नेछ र शुभकार्यको चर्चा पनि चल्नेछ । साँझपख आफ्नो अधिकार स्थापित गर्न केही प्रयास गर्नुपर्ने हुन सक्छ । आज भगवान् शिव–पार्वतीको पूजा गरी कार्य प्रारम्भ गर्दा विशेष सफलता मिल्नेछ ।

सिंह

नजिकका व्यक्तिका कारण केही काममा अवरोध आउन सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु नै बुद्धिमानी हुनेछ । अध्ययन तथा बौद्धिक कार्यमा अपेक्षित उपलब्धि नदेखिए पनि धैर्य र सकारात्मक सोचले क्रमशः सफलता दिलाउनेछ । आज माता दुर्गाको आराधना गरी कार्य प्रारम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कन्या

आज अनावश्यक विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ । बोल्ने क्रममा संयम अपनाउनुहोस् र आफूलाई राम्रोसँग जानकारी नभएको विषयमा हस्तक्षेप नगर्नुहोस् । दिनको उत्तरार्धमा भने चतुर व्यवहार र प्रभावशाली अभिव्यक्तिले रोकिएका काम बन्ने सम्भावना छ । आज भगवान् गणेशको आराधना गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला

रोकिएका काम पुनः अघि बढ्नेछन् । सम्मान र आतिथ्यता प्राप्त हुने योग रहेको छ । आफन्त वा पुराना मित्रसँग पुनर्मिलनले मन उत्साहित हुनेछ । नयाँ वस्त्र, अलङ्कार वा उपहार प्राप्त हुन सक्छ । आज भगवान् लक्ष्मीनारायणको पूजा गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

वृश्चिक

सहयोगीहरूको साथले कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन् । परिवारसँग गुणस्तरीय समय बिताउने अवसर प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा पनि सकारात्मक प्रगति हुनेछ । आज भगवान् श्रीकृष्णको स्मरण गरी कार्य प्रारम्भ गर्दा विशेष सफलता प्राप्त हुनेछ ।

धनु

सोचिएका निर्णय कार्यान्वयन गर्न केही कठिनाइ आउन सक्छ । व्यवसायिक क्षेत्रमा अपेक्षित परिणामका लागि थप परिश्रम आवश्यक पर्नेछ । विगतका केही समस्या पुनः दोहोरिन सक्छन् । साँझपख यात्रा वा भ्रमणको योजना बन्ने सम्भावना छ । आज भगवान् महादेवको अभिषेक वा दर्शन गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मकर

आज सामाजिक तथा व्यावसायिक सम्बन्ध विस्तार हुने सम्भावना छ । इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ । लामो समयदेखि सोचिएको योजना अघि बढाउने अनुकूल समय रहेको छ । आर्थिक पक्ष पनि क्रमशः सुदृढ बन्दै जानेछ । आज भगवान् विष्णुको पूजा वा दर्शन गरी कार्य प्रारम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कुम्भ

अध्ययन र परीक्षामा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । प्रेम सम्बन्धमा साथ र सहयोग प्राप्त हुनेछ । लगानी तथा पुँजी बजारबाट पनि सकारात्मक संकेत देखिन्छ । लामो यात्रा सफल भए पनि खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । आज भगवान् शिवको स्मरण गरी कार्य गर्दा बाधा कम भई सफलता प्राप्त हुनेछ ।

मीन

आफन्तजनको प्रगति र सफलताले मनमा खुसी छाउनेछ । परिवारमा शुभ समाचार प्राप्त हुने सम्भावना छ । व्यवसायिक कार्यबाट सामान्य लाभ मिल्नेछ । दिउँसोपछि घरेलु जिम्मेवारी र सानातिना काममा व्यस्तता बढ्न सक्छ । धैर्यपूर्वक अघि बढे दिन सहज रहनेछ । आज माता लक्ष्मीको पूजा गरी कार्य गर्दा भाग्यले राम्रो साथ दिनेछ ।

-पण्डित नारायणप्रसाद दुलाल (ज्योतिषाचार्य / वास्तुविद्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?