+
+
Shares

उपराष्ट्रपति र कतारका अमिरबीच दोहामा उच्चस्तरीय भेटवार्ता

भेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् समवेदना व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते २२:०६

३१ असार, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारको राजधानीमा दोहामा उच्चस्तरीय भेटवार्ता भएको छ । दोहास्थित लुसेल प्यालेसमा बुधबार उच्चस्तरीय शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट शोक व्यक्त र हार्दिक समवेदना प्रकट गर्न कतार भ्रमणमा गएका हुन् ।

भेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् समवेदना व्यक्त गरेका छन् ।

भेटमा उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शोक एवं समवेदना पत्र हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?