News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता सौरभ सचदेवाले नेपाली फिल्म ‘कंगाल करोडपति’ बाट मुख्य भूमिकामा डेब्यू गर्न लागेकी आफ्नी विद्यार्थी सलिना तामाङलाई शुभकामना दिनुभएको छ ।
- अभिनेता सचदेवाले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै सलिनाको अभिनयप्रति विश्वास व्यक्त गर्दै फिल्मको सफलताका लागि शुभकामना दिनुभएको छ ।
- सचदेवाले दर्शकलाई फिल्म रिलिज भएपछि हलमा पुगेर सलिनाको अभिनय हेर्न आग्रह गर्नुभएको छ ।
काठमाडौं । बलिउडका चर्चित अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवाले नेपाली फिल्म ‘कंगाल करोडपति’ बाट मुख्य भूमिकामा डेब्यू गर्न लागेकी आफ्नी विद्यार्थी सलिना तामाङलाई शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सचदेवाले सलिना आफ्नो मनपर्ने विद्यार्थीमध्ये एक भएको उल्लेख गर्दै नेपालमा उनले मुख्य भूमिकामा फिल्म गर्न लागेको खबरले आफू खुसी भएको बताए ।
उनले सलिनासँगै फिल्मका निर्देशक र सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दै उत्कृष्ट फिल्म निर्माण होस् भन्ने कामना गरेका छन् ।
‘मलाई विश्वास छ, सलिनाले हामी सबैलाई गर्व गर्ने अवसर दिनेछिन् । फिल्म रिलिज भएपछि म पनि हेर्नेछु र त्यसबारे फेरि पोस्ट गर्नेछु,’ उनले भने ।
दर्शकलाई पनि सम्बोधन गर्दै सचदेवाले ‘कंगाल करोडपति’ प्रदर्शनमा आएपछि हलमै पुगेर सलिनाको अभिनय हेर्न आग्रह गरेका छन् । सलिनाले यस फिल्ममा शीर्ष भूमिका निर्वाह गर्न लागेको जनाइएको छ ।
सचदेवको शुभकामनापछि फिल्मप्रति दर्शकको उत्सुकता अझ बढ्ने अपेक्षा गरिएको छ । अभिनेता सचदेवाले एनिमल, पुष्पा २, धडक २ लगायतका ब्लकबस्टर फिल्महरूमा काम गरेका छन् ।
सचदेवाले भिडियोमा के भने ?
‘अहिले मेरो साथमा मेरी एकदमै मनपर्ने विद्यार्थी हुनुहुन्छ, जो नेपालबाट हुनुहुन्छ । उहाँले हाम्रो कोर्स गर्नुभएको थियो । अहिले उहाँले नेपालमा एउटा फिल्म पाउनुभएको छ, जसमा उहाँ मुख्य भूमिकामा अभिनय गर्दै हुनुहुन्छ ।
म उहाँलाई तथा फिल्मका निर्देशकलाई धेरै-धेरै शुभकामना दिन चाहन्छ । उहाँहरूले एउटा सफल र उत्कृष्ट फिल्म बनाउनुहोस् भन्ने मेरो कामना छ । मलाई आशा छ, उहाँले हामी सबैलाई गर्व गर्ने अवसर दिनुहुनेछ । जब उहाँको फिल्म रिलिज हुन्छ, म पनि त्यो फिल्म हेर्नेछु र त्यसबारे फेरि पोस्ट गर्नेछु ।
त्यसैले, सबैजनाले फिल्म बनेपछि गएर उहाँको फिल्म हेर्नुहोला । उहाँलाई हेर्नैपर्छ, है । कृपया त्यसो गर्नुहोस् ।’
प्रतिक्रिया 4