News Summary
Generated by OK AI. Editorially reviewed.- निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा एक्सन-एड्भेन्चर विधाको नयाँ नेपाली फिल्म 'हजारौँमा एक' निर्माण हुने भएको छ ।
- सुव्रत आचार्यको निर्देशनमा बन्ने उक्त फिल्म झन्डै चार करोड रुपैयाँको लागतमा नेपाली, मलयालम र हिन्दी भाषामा निर्माण गरिने भएको छ ।
- फिल्मको छायाङ्कन आगामी फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी छ भने मुख्य कलाकारको जानकारी आधिकारिक पोस्टर सार्वजनिक गर्दा दिइने निर्देशकले बताए ।
काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । एक्सन-एड्भेन्चर विधामा निर्माण हुन लागेको यो फिल्म रहस्य र अलौकिक कल्पनामा गहिरोसँग आधारित रहेको निर्माण पक्षले जनाएको छ ।
निर्देशन सुव्रत आचार्यले गर्नेछन् । प्रस्तुतकर्ता समेत रहेकी सीता मायाले कथा परिकल्पना गरेकी हुन् । दीपेन्द्र गौतम ’माइकल’ कार्यकारी निर्माता हुन् । हरि हुमागाई छायांकन निर्देशक हुनेछन् । कक
नेपालीसहित मलयालम र हिन्दी भाषामा फिल्म बन्न लागेको हो । मुख्य अभिनेतासम्बन्धी विस्तृत जानकारी केही समयपछि आधिकारिक पोस्टर सार्वजनिक गर्ने क्रममा जानकारी दिइने भएको छ ।
फिल्ममा मलायमल फिल्म उद्योगका केही कलाकार तथा प्राविधिकको पनि सहभागिता रहने निर्देशक आचार्यले जनाए । पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य शान बस्न्त्याले गरिरहेका छन् ।
छायाङ्कन फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी भइरहेको छ । झन्डै चार करोड रुपैयाँको लागतमा फिल्म निर्माण हुन लागेको हो ।
प्रतिक्रिया 4