+
+
Shares

प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ मंगलबार, छैन उजुरी

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको अगामी मंगलबार संसदीय सुनुवाइ गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ आगामी मंगलबार गर्ने तयारी गरेको छ ।
  • संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
  • प्रस्तावित पदाधिकारीहरूविरुद्ध हालसम्म कुनै उजुरी नपरेको समिति सचिवालयले जनाएको छ ।

३ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको अगामी मंगलबार संसदीय सुनुवाइ गर्ने तयारी छ ।

संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार प्रस्तावित निर्वाचन आयुक्तहरूउपर यसअघि उजुरी माग गरिएको थियो । आइतबारसम्म कुनै प्रकारको उजुरी परेको छैन ।

१९ असारमा बसेको संवैधानिक परिषद्को बैठकले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । कार्की सर्वोच्च अदालतका रजिस्ट्रार समेत हुन् । सरकारी वकिलबाट पेशा सुरु गरेका कार्की न्याय सेवामै समूह परिवर्तन गरेर न्याय प्रशासनमा गएका व्यक्ति हुन् ।

सोही दिन संवैधानिक परिषद्को बैठकले पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ भएर काम गरेका डा. सुब्बा डीआईजी भएर अवकाश भएका व्यक्ति हुन् ।

वाग्ले मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध थिए । हाल उनी सूचना प्रविधि विषयमा अध्ययन/अध्यापन गर्छन् ।

वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल (उपन्यायाधीवक्ता) हुन् ।

उनीहरू तीनै जना विरुरु संसदीय सुनुवाइ समितिले २६ असारमा उजुरी आह्वान गरेको थियो । दिइएको समय अनुसार सोमबारसम्म उजुरी दिन सकिने म्याद छ ।

हालसम्म उजुरी नपरेकोले उजुरी दिने समय सकिए लगत्तै भोलिपल्ट प्रस्तवित निर्वाचन आयुक्तहरूको सुनुवाइ गर्ने तयारी गरिएको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित पदमा नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?