News Summary
Generated by OK AI. Editorially reviewed.- निरन्तरको वर्षाका कारण कोसी नदीमा पानीको बहाव २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ।
- पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको डीएसपी हेमराज घिमिरेले बताए।
- खतराको तह नजिक पुगेकाले प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
३ साउन, सप्तरी । निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ । आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएकोमा दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ। त्यसअघि दिउँसो ३ बजे पानीको बहाव १ लाख ९० हजार ३९० क्यूसेक मापन गरिएको थियो।
पानीको बहाव खतराको तहनजिक पुगेपछि कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ।
साथै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक रूपमा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4