News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका संयोजक पुष्पकमल दाहाल \'प्रचण्ड\'ले कम्युनिस्टहरू सत्ता र सरकारमा मात्र अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाएको टिप्पणी गरे ।
- प्रचण्डले कम्युनिस्टहरूले वैचारिक स्कुलिङलाई बिर्सिँदा र परम्परागत शैली अपनाउँदा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गरे ।
- शान्ति सम्झौतापछि सरकार र सत्ताको कार्यनैतिक काममा अल्झिनु नै कम्युनिस्टहरूको मुख्य गल्ती भएको बताए ।
८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्टहरू सत्ता र सरकारमा अल्झिँदा वैरीहरूले २० बर्से रणनीति बनाउन सकाउन लागेको टिप्पणी गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टले परम्परागत शैलीमा वैचारिक स्कुलिङमा नलाग्दा अहिलेको क्षति बेहोर्नुपरेको बताएका हुन् ।
‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन्,’ प्रचण्डले भने, ‘नेपालमा यी कम्युनिस्ट बढी भएका छन् । यीनलाई ठिक पार्नुपर्छ भनेर २० बर्से योजना बनाएछन् ।’
वैरीहरू लागेको कुरा अलिअलि थाहा पाइएपनि यही स्तरमा एकैदिनमा नेपाललाई विध्वंश पार्नेगरी लागेको नलागेको उनले बताए ।
‘यो स्तरमा आउँदैनन् होला भन्ने भ्रम पालिएछ, हामीले,’ प्रचण्डले भने ।
नेपालका कम्युनिस्ट शक्ति शान्ति सम्झौतापछि काठमाडौंमा सत्ता र सरकारको कार्यनैतिक काममा अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले खेल्ने मौका पाएको बताए ।
‘हामी रणनीतिलाई भुल्यौं, छाड्यौं या अवमूल्यन गर्यौं, विचारको, निरन्तर स्कुलिङको आवश्यकतालाई । सरकारको प्रधानमन्त्री बनाउने, मन्त्री बनाउने, पालिका, प्रदेशमा निर्वाचित हुने यो कुरालाई रणनीति जस्तो गरियो । यही नै सबैचिज हो भनेजस्तो गरियो । मेरो विचारमा कम्युनिस्टको गल्ती त्यहीनेर भयो,’ उनले भने ।
प्रतिक्रिया 4