+
+
Shares

कैलालीमा एक वर्षमै हुलाकबाट एक लाख २७ हजार बढी सामग्री ओसारपसार

चिठी मात्रै ५२ हजार ६९९

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १०:३९

९ साउन, सुदूरपश्चिम (धनगढी) । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ ।

हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात-निर्यात भएका छन् ।

तथ्याङ्कअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ हजार ८१० हुलाक सामग्री ओसारपसार गरिएको छ । तीमध्ये सबैभन्दा धेरै ‘रजिष्ट्री’ चिठीको कारोबार भएको छ । जसमा आयात निर्याततर्फ समान ५२ हजार ६९९ रजिष्ट्री चिठी दर्ता भई सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिश तामाङले जानकारी दिए ।

विदेशबाट आउने तथा विदेश पठाइने पत्र सेवा पनि जारी छ । यसमा समान ४७० पत्र आयात निर्यात गरिएका छन् । कार्यालयले २४ घण्टाभित्र प्रदान गर्ने द्रुत डाँक सेवा (ईएमएस) पनि सञ्चालन गरिरहेको छ । यस सेवाबाट वर्षभर दुई हजार ७२३ सामग्री आदानप्रदान गरिएका छन् ।

हुलाक निर्देशनालयले सञ्चार क्षेत्रको नियमनसमेत निरन्तर गरिरहेको छ । एक वर्षमा २१ वटा अनलाइन सञ्चार माध्यम, ३७ वटा प्रेस प्रतिनिधि परिचयपत्र तथा १५ वटा एफएम रेडियोको इजाजत तथा लाइसेन्स नवीकरण गरिएको छ । राजस्व सङ्कलनतर्फ टिकट बिक्री तथा अन्य शीर्षकबाट रु ६४ लाख ३१ हजार ९०३ राजस्व सङ्कलन भएको निर्देशनालयले जनाएको छ ।

हुलाक निर्देशक सिद्धराज जोशीले सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि आफूहरुले निरन्तर सेवा दिइरहेको बताए । उनले हुलाक सेवाको महत्त्व, यसको उपयोगितालगायत विषयमा प्रचार गर्ने हुलाक प्रतिनिधिलाई पुनर्ताजगी तालिम, सूचनाको हकसम्बन्धी अन्तरक्रिया, विद्यालयमा हुलाक सेवाबारे कक्षा सञ्चालन तथा हुलाक सेवा प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

‘सरकारले हुलाक सेवाको सुधार तथा आधुनिकीकरण गर्ने नीति लिएको छ । एक सय दिने कार्यसूचीको बुँदा नं २७ मा पनि यो विषय समेटिएको थियो । सोअनुसार हामीले प्रदान गर्नुपर्ने सेवा सुरु गरिसकेका छौँ, अब आधुनिक, स्रोतसाधन सम्पन्न बनाएमा यस सेवालाई थप सशक्त बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ’, निर्देशक जोशीले भने ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?