९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले संसद् सरकारको छायाँमा परेको टिप्पणी गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘संसद् कता-कता सरकारको छायामा परेको जस्तो देखिन्छ । त्यो छायामा पर्नु हुँदैन । पार्नु पनि हुँदैन’, खड्काले भने, ‘मेरो विश्वास छ । सरकारले संसदलाई कन्फिडेन्समा राख्नुपर्छ । संसद्ले सरकारलाइ निगरानीमा राख्छ । जनताको कुरा उजागर गर्छ । सरकार गलत बाटोमा जान लाग्यो भने सचेत गराउँछ ।’
संसद् सरकारको प्रतिद्वन्द्वी नभएर जनताको कुरा राख्ने थलो भएको रुपमा सरकारले लिनुपर्ने उनको आग्रह छ । सरकारका कतिपय व्यवहारले शंका जन्माएको पनि उनी बताउँछन् ।
‘अन्डरडेभलेपमेन्ट देशको बाध्यता हो वा हाम्रो चेतना माथि नउठेर हो । कतिपय गतिविधि साह्रै नमज्जा लाग्ने खालका छन्,’ उनी भन्छन्, ‘हाम्रै पार्टी सभापतिको घर अगाडि गाडी राखेर अवरुद्ध गरेको विषय हो । मिडिया हाउस अगाडि पनि यस्ता हर्कत देखिए । ति गाडीहरू पत्ता लगाउँदा रुलिङ पार्टीकै साथीभाइका भएको कुरा आएको छ ।’
एकातिर संसद्ले सरकारलाई प्रश्न नगर्ने वा संसद्को कामकारबाहीमा सरकारको हस्ताक्षेप भएको महसुस हुने र अर्कोतिर विपक्षी दलका नेताहरू तर्साउने्, कर्मचारी तर्साउने, मिडियामा सन्त्रास फैलाउने, संवैधानिक अंगहरूलाई सन्त्रास फैलाउने कुराले मुलुक ठीक बाटोमा जाँदैन ।’
खड्काले संसद्मा सुकुमवासी हटाइएको र व्यवस्थापनको विषय उठ्दा पनि सरकारबाट जवाफ नआएको बताए ।
‘सरकारको कामकारबाहीबारे अन्तराष्ट्रिय क्षेत्रको नजर, सीमा क्षेत्रबारे प्रधानमन्त्रीले दिएको अधिभव्यक्तिको विषयमा विपक्षी दलका सांसदहरूले यो खबरदारी गरिाखेका छन् । तर सत्तापक्ष र सरकारले संसद्मा उठेका विषय सुनिरहेको छैन,’ उनले भने ।
प्रतिक्रिया 4