+
+
Shares

त्रिविमा १७ हजार विद्यार्थीले दिँदैछन् परीक्षा, आचारसंहिता उल्लंघन गरे रद्द

त्रिभुवन विश्वविद्यालयले आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द गर्ने चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयले परीक्षामा आचारसंहिता उल्लंघन गर्ने विद्यार्थीको परीक्षा रद्द गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
  • रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले परीक्षामा नराम्रो गतिविधि गर्नेलाई तत्काल प्रहरीलाई जानकारी गराउन विद्यार्थीलाई आग्रह गरे ।
  • विश्वविद्यालयले मोबाइल, स्मार्ट वाच, चिट लगायतका निषेधित सामग्री परीक्षा हलभित्र लैजान प्रतिबन्ध लगाएको छ ।

११ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आचारसंहिता उल्लंघन गरे परीक्षा रद्द गर्ने चेतावनी दिएको छ ।

व्यवस्थापन संकायका १७ हजार विद्यार्थीले परीक्षा दिइरहेको बताउँदै रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले कसैले गलत काम गरे तत्काल प्रहरीलाई बुझाउन आग्रह गरे ।

‘१७ हजार विद्यार्थीको आज परीक्षा दिँदै छन् । नराम्रो गतिविधि गर्ने देखेमा राम्रो विद्यार्थीले तत्काल प्रहरीलाई जानकारी गराउनु,’ उनले भने ।

व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सञ्चालन हुने स्नातक, स्नातकोत्तर तथा एमफिल कार्यक्रमका परीक्षा चलिरहेको छ । त्रिविले विद्यार्थीका लागि ६ बुँदे सूचना पनि जारी गरेको छ ।

परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको वैध प्रवेश पत्र परीक्षाका दिन अनिवार्य ल्याउन भनेको छ । परीक्षा केन्द्रले तोकिएको सिटमा मात्र बसेर परीक्षा दिन विद्यार्थीलाई भनिएको छ । केन्द्राध्यक्ष वा निरीक्षककी अनुमति विना आफ्नो सिट वा परीक्षा भवन नछोड्न त्रिविले आग्रह गरेको छ ।

परीक्षा प्रारम्भ भएको एक घण्टाभित्र परीक्षा भवनबाट बाहिर निस्किन नपाइने भनिएको छ ।

मोबाइल फोन, स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक डिभाइस, चिट, पुस्तक वा अन्य कुनै पनि निषेधित सामग्रीहरू परीक्षा भवनभित्र ल्याउन मनाही गरिएको छ ।

नक्कल गर्ने, अरूलाई सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता कार्य गर्न पाइने छैन ।

परीक्षा अवधिभर केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीको निर्देशनको पूर्ण रूपमा पालना गर्नु पर्ने भनिएको छ ।

‘परीक्षा नियम तथा आचारसंहिताको उल्लंघन गरेको पाइएमा विश्वविद्यालयको परीक्षा नियमावली बमोजिम परीक्षा रद्द हुने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुनबाट वञ्चित गरिने तथा आवश्यक परे कानुनी कारबाही समेत हुन सक्ने व्यहोरा सबै परीक्षार्थीलाई जानकारी गराइन्छ,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?