+
+
Shares

सुनिलले ल्याए ‘सोल्टिनी सेवारो’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक सुनिल थापामगरले राई तथा लिम्बु समुदायको संस्कारमा आधारित नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक गरेका छन्।
  • एनिस एन्जल राईको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा गायक मगर र रेबिका मगरले अभिनय गरेका छन्।
  • मकवानपुरका रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका हुन्।

काठमाडौं । गायक सुनिल थापामगरले नयाँ गीत ‘सोल्टिनी सेवारो’ ल्याएका छन् । युट्युबमा केही दिनअघि सार्वजनिक यो गीतले दर्शकमाझ चर्चा पाइरहेको छ ।

एनिस एन्जल राईको शब्द तथा संगीतमा तयार भएको गीतको म्यूजिक भिडियो पनि आकर्षक छ । प्रेम सम्बन्ध र भावनात्मक उतारचढावलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको भिडियो र गीतले सकारात्मक प्रतिक्रिया पाएको छ ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतलाई बिप्लव अधिकारीको ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको हो । मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन् ।

राई, लिम्बु समुदायको संस्कारमा आधारित रहेर गीत तयार पारिएको हो । मकवानपुरका रमणीय थलोमा भिडियो छायांकन गरिएको छ । भिडियोमा गायक मगर आफैले अभिनय गरेका छन् । अभिनयमा उनलाई रेबिका मगरले साथ दिएकी छन् । म्युजिक भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?