+
+
Shares

सुनसरीका यी स्थानमा अनिश्चितकालीन कर्फ्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते २०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम राख्न जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
  • नयाँ व्यवस्था अनुसार पूर्वमा इनरुवा नगरपालिका–३ र ६ को सिमाना तथा पश्चिममा कोशी ब्यारेजको पुलसम्म कर्फ्यु तोकिएको छ।
  • उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटरको क्षेत्रभित्र कर्फ्यु लागू हुने कुरा विज्ञप्तिमा उल्लेख छ।

११ साउन, काठमाडौं । सुनसरीका विभिन्न स्थानहरू तोकेर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

यसअघि बिहान ७ बजेबाट विभिन्न ५ वटा इलाका तोकेर जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो ।

पछिल्लो सूचना अनुसार, कर्फ्यु लाग्ने स्थानहरू फेरिएको छ । जस अनुसार, पूर्वतर्फ इनरुवा नगरपालिका–३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोटाली टोल), पश्चिमतर्फ कोशी ब्यारेजको पुलमा कर्फ्यु आदेश जारी भएको हो ।

त्यस्तै उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २ सय मिटरको क्षेत्रमा कर्फ्यु लाग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?