Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा सर्वाधिक कमाउने छैटौं विदेशी फिल्म बनेको छ ।
- प्रदर्शनको ११ औं दिनसम्म फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ ।
- यो फिल्मले विश्वभर १ बिलियन डलरभन्दा धेरै कमाइ गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।
काठमाडौं । ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ ।
शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, केजीएफ २, पुष्पा २ मात्र छन् ।
धेरैपछि कुनै हलिउड फिल्मले यति उछाल कमाइ गरेको हो । विश्व बक्सअफिसमा भने यसले १ बिलियन डलरभन्दा धेरै कमाइ गरेको छ ।
विश्वभर दोस्रो सप्ताहन्तमा फिल्मले सर्वकालिन धेरै कमाउने तेस्रो फिल्मको रुपमा कीर्तिमान रच्नेछ । यसले यो सप्ताहन्तमा १४५ मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ ।
नेपालमा भने यसको गति तत्कालै रोकिने छाँटकाँट छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4