News Summary
Generated by OK AI. Editorially reviewed.- माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनी दूधखोला हाइड्रोपावरले निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
- एनएमबी बैंक र सानिमा बैंकले संयुक्त रूपमा यस आयोजनाका लागि १० अर्ब एक करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।
- १२ अर्ब ८९ करोड रुपैयाँ कुल लागत रहेको यस आयोजनाको निर्माण तीन वर्षभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।
२५ साउन, काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरू बीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार यस आयोजनामा नेतृत्व बैंकको रुपमा रहेको एनएमबी बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको सानिमाले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । दुई बैंकले आयोजनामा कुल १० अर्ब १ करोड ऋण लगानी हुनेछ ।
मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ । प्रति मेगावाट लागत २० करोड भन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ । आयोजनामा एनएमबी बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रवर्द्धक कम्पनीले गर्नेछ ।
आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम थाल्ने कम्पनीको तयारी छ । निर्माण थालेको ३ वर्षभित्रमा विद्युत् उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ ।
माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले हाल नियमित विद्युत् उत्पादन गरिरहेका छन् ।
प्रतिक्रिया 4