+
+
Shares

शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि करोड धरौटी माग भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
  • न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार सो आदेश दिएको हो।
  • गोल्छा यसअघि १२ साउनमा काठमाडौं जिल्ला अदालतबाट बीमा र धितोपत्र सम्बन्धी कसुरमा समेत एक करोड धरौटी बुझाएर रिहा भएका थिए।

२६ साउन, काठमाडौं । व्यवसायी शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि करोड धरौटी माग भएको हो। गोल्छा आज मंगलबार अदालत उपस्थित भएका थिए।

न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो।

उनी यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए। १२ साउनमा काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?