News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई बिमा र धितोपत्र सम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
- न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बिमा कसुरमा ७५ लाख र धितोपत्र कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरेको छ ।
- अदालतको आदेशबारे जानकारी दिँदै जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले धरौटी बुझाएर रिहा हुन सक्ने व्यवस्था रहेको बताए ।
१२ साउन, काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ।
जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरेको हो ।
उनलाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
उनलाई गत १० वैशाखमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4