News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विद्युतीय एम्बुलेन्स र शव बाहनमा मूल्य अभिवृद्धि कर तथा स्वच्छ पूर्वाधार लगानी शुल्क नलिने निर्णय गरेको छ।
- मन्त्रिपरिषद्को बैठकले स्वदेशमा पैठारी वा उत्पादन हुने विद्युतीय एम्बुलेन्स तथा शव बाहनमा लाग्ने उक्त शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको हो।
- सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनुभएको छ।
२६ साउन, काठमाडौं । सरकारले विद्युतीय एम्बुलेन्स र शव बाहनमा मूल्य अभिवृद्धि कर तथा स्वच्छ पूर्वाधार लगानी शुल्क नलिने भएको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको थियो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स तथा शव बाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रुपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4