News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवा नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि केही गर्न नसक्ने भाष्य बन्न सक्ने चेतावनी दिनुभयो।
- अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले युवा पुस्ताका लागि अहिले काम गरेर देखाउने चुनौतीपूर्ण समय रहेको बताउनुभयो।
- उनले रास्वपाका मन्त्री र सांसदहरूलाई पदमा रमाउने समय नभएको बताउँदै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो।
२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए ।
‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त नगर्न सक्छन्,’ सभापति लामिछानेले भने ।
पार्टीका लागि परिणाममुखी काम गर्नका लागि चुनौती रहेको बताए । लामिछानेले भने,‘फ्रेस छौं, तगडा हुन बाँकी छ । काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ रास्वपाका मन्त्री र सांसदलाई पदमा रमाउने बेला नभएको उनले बताए ।
जेनजी आन्दोलनले बढोको विषयहरू देखिएको तर बनाएको कुराहरू देखाउने चुनौती रहेको उनले बताए ।
प्रतिक्रिया 4