News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी र सरकारबारे फैलिएका अफवाहहरू ‘र्युमर’ मात्र भएको बताउँदै तिनलाई स्न्याक्सको रुपमा लिन आग्रह गर्नुभयो ।
- सभापति लामिछानेले आफूहरू इतिहासप्रति प्रतिबद्ध रहेको र आफ्ना वाचाबाट पछि हट्ने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो ।
- उनले सरकारले रोजगारी दिने वाचा पूरा गर्न नसके पनि हार नमान्ने र जनतालाई काम गर्ने वातावरण बनाउन आफूहरू लागिपरेको बताउनुभयो ।
२३ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सरकार र आफ्नो पार्टीभित्र केही गडबढ भयो भन्दै भएका हल्लाहरू ‘र्युमर’ (अफवाह) मात्रै रहेको दाबी गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले त्यस्ता अफवाहरूलाई स्न्याक्सको रुपमा मात्रै ग्रहण गरिदिन आग्रह गरे ।
‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्यो कि, झगडा पो पर्यो कि भनेर र्युमरहरू आउँछन्, त्यो र्युमरहरूलाई आज विकेन्ड पनि हो, त्यो र्युमरहरूलाई आज स्न्याक्सको रुपमा ग्रहण गर्नुहोला,’ सभापति लामिछानेले भने, ‘र्युमरहरू स्न्याक्स मात्रै हो । त्यसको खास त्यो भन्दा बढी भ्यालु केही पनि छैन ।’
आफ्नो पार्टीले इतिहासलाई नै वाचा गरेको बताउँदै प्रतिबद्धताबाट पछि हट्ने छुट समेत नभएको बताए ।
‘हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रिलाई प्रमिस गरेको हो । त्यसकारणले आफ्नो वाचा, प्रतिवद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन,’ सभापति लामिछानेले भने ।
‘आज पनि सरकारले वाचा गरेको छ, हामी धेरै मान्छेलाई रोजगारी दिन्छौं । हामीले भनेका भिडियोहरू यत्रतत्र छन् । भनेको समयमा भनेका वाचाहरू पूरा नभएको हुन सक्दछन् । तर हामी हार मान्दैनौं नि । किनभने हामीलाई हार मान्ने छुट नै छैन,’ उनले थप भनेका छन् ।
इतिहासले कुनै पनि देशलाई, कुनै पनि समाजलाई सधैं यस्तो मौका नदिने उनको भनाइ थियो । ‘तपाईं हामीलाई समाजले इतिहासले एउटा यस्तो मौका दिएको छ, हामी त त्यसको संवाहक मात्रै हौं । तर, साँच्चै परिवर्तन गर्नसक्ने तपाईंहरू हो । हाम्रो काम त तपाईंहरूलाई काम गर्नसक्ने वातावरण बनाइदिने हो,’ सभापति लामिछानेले भने ।
प्रतिक्रिया 4