News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न विभिन्न धार्मिक अगुवासँग छलफल थालेका छन् ।
- उनले मौलाना नरुल हुसेन, मोहम्मद खालिद र विश्व हिन्दू महासंघका प्रतिनिधिहरूसँग संसदीय दलको कार्यालयमा छलफल गरेका छन् ।
- लामिछानेले सुनसरी र सिराहा लगायतका क्षेत्रमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न धार्मिक अगुवाहरूलाई आग्रह गरेका छन् ।
१५ साउन, काठमाडौं । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ।
सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।
त्यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् ।
उनले अगुवाहरूलाई सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4