+
+
Shares

प्राङ्‍गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दै सरकार

सरकारले प्राङ्‍गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १३:२४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभरका प्राङ्‍गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन गर्ने अभियान शुरू गरेको छ ।
  • कृषि मन्त्री गिता चौधरीले प्राङ्‍गारिक मल उत्पादन गर्ने सबै व्यावसायिक उद्योग वा फर्मलाई साउन २१ गतेभित्र विवरण दर्ता गराउन आग्रह गरेकी छन् ।
  • प्राङ्‍गारिक मलको गुणस्तर वृद्धि गरी दिगो कृषि विकास र माटोको उर्वराशक्ति संरक्षण गर्ने उद्देश्यले मन्त्रालयले यो अभियान सञ्चालन गरेको हो ।

१५ साउन, काठमाडौं । सरकारले प्राङ्‍गारिक मल उत्पादकहरूको विवरण संकलन गर्दैछ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले देशभर रहेका व्यावसायिक प्राङगारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन अभियान सुरु भएको जानकारी गराएकी हुन् ।

नेपालमा प्राङ्‍गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकहरूबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन भएको हो ।

मन्त्री चौधरीले प्राङ्‍गारिक मल, कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरेकी छन् ।

उत्पादकहरूले क्यूआर कोड स्क्यान गरेर  वा अनलाइन दर्ता गर्न सक्नेछन् ।

यही साउन २१ गते सम्म विवरण दर्ता गर्न भनिएको छ ।

मन्त्रालयले सबै व्यावसायिक प्राङ्‍गारिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई  दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्राङ्‍गारिक कृषि प्रवर्द्धनको अभियानमा सहभागी हुन आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?