१५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहहरूसँग सम्झौता गरेको बताएका छन्। यस सम्झौता अनुसार उनीहरूले हातहतियार त्याग्नेछन्।
हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई गाजामा पूर्ण रूपमा हतियार बिसाउने ‘बोर्ड अफ पिस’को प्रस्तावमा संगठन सहमत भएको बताएका छन्। उनले भने, “यस विषयमा चाँडै आधिकारिक बयान जारी गरिनेछ।”
इजिप्ट वा इजरायलको तर्फबाट भने अहिलेसम्म यसमा कुनै प्रतिक्रिया आएको छैन। निरस्त्रीकरणको काम पूरा हुँदै जाँदा इजरायली सेना गाजाबाट पछि हट्ने ट्रम्पले बताएका छन्।
ट्रम्पले यस सम्झौतालाई गाजामा अन्ततः नयाँ प्यालेस्टिनी सरकारको शासनतर्फ एक महत्त्वपूर्ण कदम भनेका छन्। अमेरिकाको मध्यस्थतामा बनेको गाजा सिजफायर प्लानको दोस्रो चरणमा हमासलाई हतियार छाड्न मनाउने कुरा समावेश छ। यस चरणमा गाजाको पुनर्निर्माणको योजना पनि सामेल छ।
प्रतिक्रिया 4