+
+
Shares

‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ बन्यो नेपालमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान कायम गरेको छ।
  • फिल्मले प्रदर्शनको पहिलो दिन नेपालभर एक करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • आगामी दिनको अग्रिम टिकट बिक्रीसमेत जोड्दा फिल्मको कुल कमाइ हालसम्म तीन करोड ५० लाख ४० हजार ९१५ रुपैयाँ पुगेको छ।

काठमाडौं । ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ ।

कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ ।

फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट बिक्री पनि जोडेर) कमाइ ३ करोड ५० लाख ४० हजार ९१५ रुपैयाँ ग्रस पुगेको छ ।

अहिलेसम्म कुनै पनि हलिउड फिल्मले यो परिमाणमा नेपालमा ओपनिङ गर्न सकेका थिएनन् । हलिउड संचारमाध्यमका अनुसार, यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा सोनीको दोस्रो सर्वाधिक सप्ताहन्त ओपनिङ गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?