+
+
Shares
बक्सअफिस :

‘गौंथली’ले कमायो साढे ७ करोड, ‘रोल नं १’ र ‘भागदौड’ को कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डका अनुसार कपिल रिजाल निर्देशित फिल्म 'गौंथली'ले प्रदर्शनको १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • सो अवधिमा 'गौंथली' फिल्मलाई २ लाख ६० हजार २५४ जना दर्शकले हेरेका छन् भने फिल्म १० करोडको आँकडा छुने लक्ष्यमा पुगेको छ।
  • त्यस्तै सोही अवधिमा 'रोल नं १' ले १ करोड ७८ लाख र 'भागदौड' फिल्मले १ लाख रुपैयाँ ग्रस कमाइ गरेको विवरण सार्वजनिक भएको छ।

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको गतसाताको कमाइ विवरण सार्वजनिक गरेको छ ।

आइतबार मध्यरात १२ बजेसम्मको कमाइ हेर्दा ‘गौंथली’को कमाइ आक्रामक देखिन्छ । प्रदर्शनको १० दिनसम्म कपिल रिजाल निर्देशित सोसल ड्रामाको कमाइ ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म यो फिल्मलाई २ लाख ६० हजार २५४ जनाले हेरेका छन् । दोस्रो शनिबार फिल्मको कलेक्सन डेढ करोड हाराहारीमा थियो ।

आइतबार र शनिबारको सार्वजनिक बिदामा फिल्मको कलेक्सनमा उछाल देखियो । यो गति कायम रहे सुमन गिरीले निर्माण गरेको फिल्मलाई १० करोडको आँकडा छुन कठिन छैन ।

सोही अवधिसम्म अर्को फिल्म ‘रोल नं १’ ले देशब्यापी १ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । अर्को फिल्म ‘भागदौड’ले १ लाख रुपैयाँ ग्रस कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?