News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस विवरणअनुसार फिल्म ‘लालीबजार’को कुल ग्रस कमाइ ९ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ पुगेको छ।
- शैक्षिक कथावस्तुमा आधारित फिल्म ‘रोल नं १’ ले आइतबारसम्म १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कमाएको छ।
- चलचित्र विकास बोर्डको विवरणअनुसार फिल्म ‘कुम्भ’ ले सोही अवधिसम्म ४ लाख २८ हजार ८८५ रुपैयाँ ग्रस कमाएको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्सअफिस विवरण सार्वजनिक गरेको छ । जसअनुसार, यम थापा निर्देशित फिल्म ‘लालीबजार’को कुल कमाइ ९ करोड २८ लाख १४ हजार ५०५ रुपैयाँ ग्रस छ ।
सोही अवधिसम्म यो फिल्मलाई ३ लाख १५ हजार ७२४ जनाले हेरेका छन् ।
शैक्षिक कथावस्तुमा आधारित फिल्म ‘रोल नं १’ फिल्मले आइतबारसम्म १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ५७ हजार १३२ जनाले हेरेका छन् ।
‘कुम्भ’ ले ४ लाख २८ हजार ८८५ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई सोही अवधिसम्म १८१५ जनाले हेरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4