+
+
Shares

एमालेमा तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग

नेकपा एमालेका युवा नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका युवा नेताहरूले पार्टीको केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
  • निवेदनमा पार्टी पुनर्गठन कार्यदलको सुझाव प्रतिवेदनमाथि छलफल गर्दै प्रक्रिया अगाडि बढाउन सचिवालय बैठक राख्न पनि माग गरिएको छ ।
  • ‘नेकपा एमालेको समस्या समाधान गर्ने बाटो पार्टी बाहिर होइन, पार्टीभित्रको विधान सम्मत, लोकतान्त्रिक र कमिटी प्रणालीमा आधारित भएर सामुहिक छलफल, आत्मसमीक्षा र निर्णयबाटै संभव छ,’ निवेदनमा भनिएको छ ।

२७ साउन, काठमाडौं । नेकपा एमालेका युवा नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।

गत १५ जेठमा जारी अपानि बमोजिम केन्द्रीय कमिटी बैठक राख्ने, पुनगर्ठन कार्यदलको सुझाव प्रतिवेदनमाथि छलफल गर्ने र पार्टी पुनर्गठन गर्ने प्रक्रिया अगाडि नबढाइएको भन्दै उनीहरूले निवेदन दर्ता गराएका छन् ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीमार्फत दर्ता भएको निवेदनमा तत्काल सचिवालय बैठक राख्न पनि माग गरिएको छ । ‘…नेकपा एमालेको समस्या समाधान गर्ने बाटो पार्टी बाहिर होइन, पार्टीभित्रको विधान सम्मत, लोकतान्त्रिक र कमिटी प्रणालीमा आधारित भएर सामुहिक छलफल, आत्मसमीक्षा र निर्णयबाटै संभव छ,’ निवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?