News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
- शीतल निवासमा आयोजित विशेष समारोहमा सन् १९५० देखिको परम्पराअनुसार उक्त सम्मान प्रदान गरिएको हो।
- प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि जनरल सेठ काठमाडौं आएका हुन्।
१ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सन् १९५० देखि सुरु भएको दुई देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परालाई यस भ्रमणले पनि निरन्तरता पाएको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ तीन दिने औपचारिक भ्रमणका क्रममा काठमाडौं छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4