+
+
Shares

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल आउँदै

उच्च सरकारी स्रोतका अनुसार उनी अगस्ट १६ मा नेपाल आउने तयारी छ । उनी २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको रुपमा पद सम्हालेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आगामी साता नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।
  • परम्पराअनुसार भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि दिने गरिन्छ ।
  • भ्रमणका क्रममा प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि प्रस्ताव पठाइए पनि त्यसको पुष्टि हुन बाँकी छ ।

२१ साउन, काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।

उच्च सरकारी स्रोतका अनुसार उनी अगस्ट १६ मा नेपाल आउने तयारी छ । उनी २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको रुपमा पद सम्हालेका थिए ।

भारतीय प्रधानसेनापति नेपाली सेनाको पनि मानार्थ प्रधानसेनापति हुने चलन छ । नेपालका प्रधान सेनापति र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्का देशमा जाने चलन पनि छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने संभावना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेट हुने नहुने निश्चित चाहिँ छैन ।

नेपाल र भारतीय सेनाबीच निकै ऐतिहासिक सम्बन्ध छ । करिब ७५ वर्षदेखि यी दुई देशका सेनाबीच मानार्थ महारथीको दर्जा दिने चलन समेत रहँदै आएको छ ।

सन् १९५० देखि मानार्थ महारथी दिने चलन रहेको सैनिक मुख्यालय जङ्गी अड्डाले बताएको छ ।

नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् ।

२७ मङ्सिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?