News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले मंगलबारदेखि १९८ गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय बहिर्गमन कलको ६० सेकेन्डको नयाँ पल्स दर लागु गरेको छ।
- नेपाल दूरसञ्चार प्राधिकरणले साउन २२ मा दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नयाँ पल्स दर स्वीकृत गरेको थियो।
- नयाँ पल्स दर लागू भएका मुलुकहरूको सूची र कल तथा एसएमएस शुल्क एनसेलको वेबसाइटमा हेर्न सकिन्छ।
२ भदौ, काठमाडौं । एनसेलले मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरूका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ ।
कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागु गरेको हो । दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको थियो ।
प्राधिकरणको स्वीकृति बमोजिम अब अस्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, साउथ कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबिया लगायतका गन्तव्य मुलुकहरूमा यो नयाँ पल्स दर लागु भएको छ ।
नयाँ पल्स दर कायम भएका सबै मुलुकहरूको पूरा सुची, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेसनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4