News Summary
Generated by OK AI. Editorially reviewed.- १९ भदौदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ककाकिकी’ को शीर्ष गीत अर्जुन सापकोटा र मेलिना राईको युगल स्वरमा सार्वजनिक भएको छ।
- गीतमा अर्जुन सापकोटाकै संगीत र सन्तोष सापकोटाको शब्द छ, साथै भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अन्य कलाकार देखिन्छन्।
- निर्देशक बिक्की अग्रवालका अनुसार जर्सिङ पौवामा छायांकन गरिएको गीतले फिल्मको ग्रामीण परिवेश र उत्सवमय वातावरण प्रस्तुत गर्छ।
काठमाडौं । १९ भदौदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ककाकिकी’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन सापकोटा र मेलिना राईको युगल गायन छ । गीतमा सापकोटाकै संगीत छ भने शब्द सन्तोष सापकोटाले लेखेका हुन् । सार्वजनिक गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको माहोललाई प्रस्तुत गरेको छ ।
भिडियोमा कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्ग पुनमगर लगायतलाई देख्न सकिन्छ । कोरियोग्राफी मिङ्मा डी लेप्चाले गरेका हुन् ।
जर्सिङ पौवामा छायांकन गरिएको गीत कथानुसार तयार पारिएको जनाइएको छ । निर्देशक बिक्की अग्रवालका अनुसार, गीतले फिल्मको कथाको ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई प्रतिनिधित्व गर्छ ।
फिल्ममा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटाको अभिनय छ ।
सुदिप बरालको छायांकन रहेको फिल्मको पटकथा अग्रवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा लगानीकर्ता हुन् । सेभेन सिज इन्टरनेसनलले फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ ।
प्रतिक्रिया 4