+
+
Shares

‘गौंथली’ ले आउने सप्ताहन्तमा २५ करोड नाघ्ने प्रक्षेपण, झन्डै ९ लाखले हेरे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कपिल रिजाल निर्देशित फिल्मले घरेलु बक्सअफिसमा २४ करोड २५ लाखभन्दा धेरै ग्रस कमाइ गर्दै सर्वकालिन दोस्रो धेरै कमाउने फिल्म बनेको छ।
  • बिहिबार दिउँसोसम्म फिल्मको नेट कलेक्सन २१ करोड १८ लाख रुपैयाँ पुगेको छ र ८ लाख ८४ हजारभन्दा धेरै दर्शकले हेरेका छन्।
  • निर्माता सुमन गिरीले आगामी सप्ताहन्तमा फिल्मले २५ करोडको आँकडा पार गर्ने अनुमान गरिएको बताए।

काठमाडौँ । कपिल रिजाल निर्देशित फिल्मले सकारात्मक प्रशंसा बटुल्दै घरेलु फिल्ममा कीर्तिमानी कमाइ गरेको छ । यो फिल्म अहिले सर्वकालिन दोस्रो धेरै कमाउने फिल्म हो ।

बिहिबार दिउँसोसम्म यो फिल्मले घरेलु बक्सअफिसमा साढे २४ करोड हाराहारीमा कमाइ गरेको छ । फिल्मको अहिलेसम्मको कूल ग्रस कलेक्सन २४ करोड २५ लाखभन्दा धेरै छ ।

नेट कलेक्सन २१ करोड १८ लाख रुपैयाँ छ ।

फिल्मलाई अहिलेसम्म ८ लाख ८४ हजारभन्दा धेरैले हेरेका छन् । निर्माता सुमन गिरीले आगामी सप्ताहन्तमा फिल्मले २५ करोडको आँकडा पार गर्ने अनुमान गरिएको बताए ।

नारी संवेदना र संघर्षको कथावस्तुमा बनेको यो फिल्म नेपालसँगै अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वमा समेत सुखदरुपमा प्रदर्शन भैरहेको निर्माताको भनाइ छ ।

फिल्ममा सिम्रन खड्का र अरुण क्षेत्रीको केन्द्रीय भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?