+
+
Shares

मिलापत्रपछि छुटे जनता टेलिभिजनका अध्यक्ष पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेक बाउन्सको कसुरमा पक्राउ परेका जनता टेलिभिजनका अध्यक्ष डा. विजयकुमार पौडेल पीडितलाई रकम दिएर मिलापत्र गरेपछि छुटेका छन्।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले दुई पक्षबीच मिलापत्र भएर कानूनी रित पूरा भएपछि पौडेल छुटेको बताए।
  • उक्त टेलिभिजनमै कार्यरत व्यक्तिले पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी हालेका थिए।

४ भदौ, काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष  डा. विजयकुमार पौडेल छुटेका छन् ।

चेक बाउन्सको कसुरमा प्रहरीले पक्राउ परेका पौडेलले पीडितलाई रकम दिएर मिलापत्र गरेपछि छुटेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले दुई पक्षबीच मिलापत्र भएर कानूनी रित पूरा गरेपछि उनी छुटेको बताए ।

उक्त टेलिभजिनमै कार्यरत व्यक्तिले डेढ लाखको चेक बाउन्सको उजुरी पौडलविरुद्ध हालेका थिए । त्यसपछि प्रहरी वृत्त सिंहदरबारको टोलीले उनलाई पक्राउ गरेर लगेको थियो ।

उनी एमाले पार्टीमा रहँदा सांसद समेत भएका थिए । पछिललो समय नेकपा एकीकृत समाजवादीमा रहँदै आएका उनी माओवादीसँग एकीकरणको विषयमा विमति राख्दै त्यता लागेका थिएनन् । त्यसपछि उनी राजनीतिक रुपमा सक्रिय थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?