News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको बैठक चार दिनपछि बस्नेगरी स्थगित भएको छ, र अर्को बैठक भदौ ९ गते बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।
- कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरिन् ।
- सभाले विधेयकमाथि छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ, र सांसदहरूका लागि संशोधन राख्ने समय खुला भएको छ ।
५ भदौ, काठमाडौं । चार दिनपछि बस्नेगरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
शुक्रबारको राष्ट्रिय सभाको बैठक स्थगित गर्दै सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही भदौ ९ गते बस्ने जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक प्रस्तुत गरिन् ।
सभामा यो विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधन राख्ने समय खुला भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4