News Summary
Generated by OK AI. Editorially reviewed.- पेटभित्र १५० ग्राम सुन लुकाएर ल्याएका बंगलादेशी नागरिक मोहम्मद रसेल हवल्दार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
- फ्लाई दुबईको एफजेट११३३ बाट ३१ साउनमा काठमाडौं आएका उनलाई सादा पोशाकको प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो ।
- काठमाडौं मेडिकल कलेजमा जाँच गर्दा पेटमा सुन भएको पुष्टि भएपछि ५ दिनमा शौच गराएर निकालिएको २ थान सुनका डल्लासहित उनलाई भन्सार कार्यालयमा बुझाइएको छ ।
५ भदौ, काठमाडौं । पेटभित्र लुकाएर ल्याएको सुनसहित एक बंगलादेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोहम्मद रसेल हल्दार छन् । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो । फ्लाई दुबईको एफजेट११३३ बाट उनी ३१ साउनमा काठमाडौं आएका थिए । शंका लागि सादा पोशाकको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि उनले १५० ग्राम सुन पेटमा लुकाएर ल्याएको प्रहरीलाई बताएका थिए । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा जाँच गराउँदा सुन भएको पुष्टि भयो । शौचालय गराउँदा समेत उक्त सुन अड्किएर बसेको थियो ।
त्यसपछि अस्पतालमा भर्ना गरेर ५ दिनमा पेटभित्रको सुन शौच गर्न लगाएर निकालिएको एसपी राजकुमार सिलवालले बताए । क्याप्सुल आकार २ थान सुनका डल्लासहित उनलाई भन्सार कार्यालयमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4