+
+
Shares

गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १०:१९

६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानको काम गर्न दिन आग्रह गरेका छन् ।

तीन वर्षीया गरिमा चौधरीको हत्याको विषयलाई लिएर उनले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानलाई काम गर्न दिन आग्रह गरेका हुन् ।

‘नागरिकको खबरदारी आवश्यक छ । सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउनुहोस्, हामीलाई जवाफदेही बनाउनुहोस्,’ गृहमन्त्री गुरूङले फेसबुकमा लेखेका छन्, ‘तर, अनुसन्धानलाई आफ्नो काम गर्न दिऔं ।’

सरकारको लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित नरहेको भन्दै उनले छोरीहरू सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु रहेको बताएका छन् ।

गृहमन्त्री गुरूङले घटनामा कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न र भविष्यमा अपराध रोक्ने बलियो कानूनी तथा संस्थागत व्यवस्था बनाउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । ‘आक्रोशलाई न्यायको शक्तिमा बदलौं, गरिमालाई न्याय दिलाऔं,’ उनले लेखेका छन्, ‘हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔं ।’

गरिमाको हत्या घटनालाई संवेदनशील रूपमा लिँदै प्रभावकारी अनुसन्धानका लागि सरकारले विगतका अनुभव र कमजोरीहरूबाट पाठ सिकेर सचेतपूर्वक अनुसन्धान अगाडि बढाएको गृहमन्त्रीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?