+
+
Shares

तीन वर्षीया बालिका मृत फेला घटनामा शंकास्पद एक व्यक्ति पक्राउ

ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया सानिया खातुन मृत फेला परेको घटनामा प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
  • डीआईजी ओम अधिकारीका अनुसार उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
  • परिवारले बिहान करिब ९ बजे सानिया बेपत्ता भएको जानकारी दिएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको थियो।

७ भदौ, सप्तरी । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मधेश प्रदेशका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन वर्षीया सानिया खातुन आइतबार मृत फेला परेकी थिइन्।

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् ।

सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि उनको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?