News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी प्रतीक्षा थापाले म्यानमारमा हालै भएको ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार’को तेस्रो संस्करणमा ‘ग्लोबल वुमन’ उपाधि जितिन् ।
- थापाले मिसेस ग्ल्यामरको सहविधा पनि जितिन् भने नेपालकी राष्ट्रिय निर्देशक ओसिमा बानुले उत्कृष्ट राष्ट्रिय निर्देशकको पुरस्कार पाएकी छन् ।
- आइतवारको पत्रकार सम्मेलनमा ‘मिसेस भोग सिजन ४’ घोषणा गरियो र आयोजकले आवेदन खुला गरेको जनाएको छ ।
काठमाडौं । नेपालकी प्रतीक्षा थापाले यसवर्षको ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार’मा ‘ग्लोबल वुमन’को उपाधि जितेकी छन् । हाउस अफ फेसनका अनुसार उक्त प्रतियोगिताको तेस्रो संस्करण हालै म्यानमारमा आयोजना भएको थियो ।
उनले मुख्य उपाधिसँगै मिसेस ग्ल्यामरको सहविधा पनि जितेको जनाइएको छ । प्रतियोगितामा नेपालबाट राष्ट्रिय निर्देशकको रुपमा ओसिमा बानु सहभागी थिइन् ।
बानुले उत्कृष्ट राष्ट्रिय निर्देशकको पुरस्कार पनि जितिन् । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व, समर्पण र योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
आइतवार आयोजिन पत्रकार सम्मेलनमा थापा र बानुले सफलताको कथा साझा गरे । विजेता थापाले कडा मिहेनत र संस्थाका मेन्टरको प्रशिक्षणले आफूलाई जिताउन मद्दत गरेको बताइन् ।
सो अवसरमा मिसेस भोग सिजन ४ को घोषणा गरियो । ‘मुकुटभन्दा पर– उपाधिभन्दा ठूलो एउटा यात्रा’ भन्ने मूल नारासहित चौंथो संस्करण आयोजना हुन लागेको जनाइएको छ । आयोजकले आवेदन खुला गरेको छ ।
पत्रकार सम्मेलनमा बानुले छनोट प्रक्रिया पारदर्शी हुने तथा सहभागीको व्यक्तित्व, आत्मविश्वास, सञ्चार क्षमता, प्रस्तुति शैली तथा समग्र सम्भावनालाई प्रमुख आधार बनाइने बताइन् ।
प्रतिक्रिया 4