फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरूङले भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेंसी र मुग्लिङ-नारायणगढ सडकमा आवतजावत पूर्ण रोक लगाउन अनुरोध गरेका छन्।
- उनले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशूली नदीको मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
- उनले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदीतटीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र सहायता आवश्यक भए टोल फ्री १२३४ मा सम्पर्क गर्न भनेका छन्।
१० भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भोटेकोशी नदीमा आएको बाढीको असर पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेंसी सडक, मुग्लिङ-नारायणगढ सडकमा पूर्ण रूपमा आवतजावत रोक लगाउन अनुरोध गरेका छन् ।
मन्त्री गुरूङले आपत्कालीन सार्वजनिक सूचना जारी गरेका छन् । उनले केही परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउनु अनुरोध गरेका छन् ।
उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा सम्पर्क गर्न भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4