+
+
Shares

बाढी प्रभावित क्षेत्रमा नजान पर्यटकलाई अलर्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले रसुवास्थित भोटेकोशी नदीबाट आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र त्रिशूली करिडोरमा रहेका पर्यटकलाई उच्च सतर्कता अपनाउन भनेको छ।
  • बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायत तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र त्रिशूली नदी आसपास उच्च सुरक्षा जोखिम बढेको बोर्डले जनाएको छ।
  • बोर्डले नदी, पुल र समथर भूभागमा यात्रा नगर्न, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

१० भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डले बाढी प्रभावित क्षेत्रमा नजान पर्यटकलाई अलर्ट गराएको छ । आज बिहान रसुवास्थित भोटेकोशी नदी हुँदै तिब्बती क्षेत्रबाट अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायत तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

यसले त्रिशूली नदीको तटीय क्षेत्रमा समेत उच्च सुरक्षा जोखिम बढाएको बोर्डले जनाएको छ । बोर्डका अनुसार अहिले आपतकालीन उद्धार र राहतको काम जारी छ ।

बोर्डले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र भोटेकोशी तथा त्रिशूली नदी करिडोर आसपासका क्षेत्रमा भ्रमण वा बसोबास गरिरहेका पर्यटकलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

बोर्डले नदी, नदी किनार, पुल र समथर भूभागमा यात्रा नगर्न सचेत गराएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र पर्यटक प्रहरीले जारी गरेका निर्देशन र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ ।

स्थिति स्पष्ट नभएसम्म सुरक्षित स्थानमा रहन र आवतजावत नगर्न समेत सचेत गराइएको छ । होटेल, ट्रेकिङ एजेन्सी र गाइड तथा पर्यटन व्यवसायीसँग सम्बन्धमा रहन भनिएको छ । यात्रा थाल्नु अगाडि सडकको अवस्थाबारे जानकारी लिन समेत बोर्डले सचेत गराएको छ । सडक, खोला र नदी तर्ने प्रयास नगर्न बोर्डले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?