+
+
Shares

प्राधिकरणको निर्देशन : विपद्का बेला हवाई भाडा नबढाइ टिकट दिनू

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हालको हवाई भाडादर नबढ्नेगरी टिकट उपलब्ध गराउन हवाई सञ्चालकहरूलाई निर्देशन दिएको छ।
  • तिब्बततर्फबाट आएको बाढीका कारण काठमाडौं बाहिरिने कतिपय राजमार्ग बन्द भएपछि हवाई यात्रुको चाप बढ्ने अनुमानसहित निर्देशन दिइएको हो।
  • प्राधिकरणले वायुसेवा निगम, बुद्ध एयर, यती एयर, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सिता एयरलाई सर्वसाधारणको आवागमन सहज बनाउन भनेको छ।

१० भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राकृतिक विपद्को विषम परिस्थितिमा हालको हवाई भाडादर नबढ्नेगरी टिकट उपलब्ध गराउन हवाई सञ्चालकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले हवाई भाडादरको उच्चतम दरभन्दा कम र हालको परिस्थितिलाई मध्यनजर गर्दै हालको भाडादर नबढ्नेगरी टिकट उपलब्ध गर्ने/ गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

तिब्बततर्फबाट आएको बाढीका कारण यतिबेला राजधानी काठमाडौंबाट बाहिरिने कतिपय राजमार्ग असुरक्षाका कारण बन्द गरिएका छन् । जसले गर्दा हवाई यात्रुको चाप बढ्न जाने भएपछि प्राधिकरणले सञ्चालकहरुलाई भाडा नबढाउन र टिकट सहज बनाउन निर्देशन दिएको हो ।

वायुसेवा निगम, बुद्ध एयर, यती एयर, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सिता एयरलाई प्राधिकरणले सर्वसाधारणको आवागमनमा सहजता कायम राख्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?