News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएसँगै हवाई टिकटको मूल्यमा पनि वृद्धि गरिएको छ ।
- नयाँ मूल्यअनुसार काठमाडौंबाट धनगढी जाने हवाई भाडामा ८८० रुपैयाँ वृद्धि भई ११ हजार रुपैयाँ कायम भएको छ ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर–धनगढी रुटमा सबैभन्दा धेरै १ हजार २९० रुपैयाँले भाडा बढाएको छ ।
१९ साउन, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा समेत बढेको छ । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो ।
अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरुलाई जानकारी गराएको छ ।
बढेको मूल्य आजैबाट कार्यानवयनमा आएको छ । प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढी रुटमा यसअघि १० हजार १२० रुपैयाँ रहेको फ्यूल सरचार्ज अब बढेर ११ हजार पुगेको छ । अर्थात् धनगढी जाने टिकटको मूल्य ८८० रुपैयाँले बढेको छ । सबैभन्दा बढी मूल्य भने विराटनगर–धनगढी १ हजार २९०, नेपालगन्ज–भद्रपुर रुटमा १ हजार १७० र जनकपुर–धनगढी रुटमा ११ सय रुपैयाँले वृद्धि भएको छ ।
काठमाडौं माउन्टेन फ्लाइट रुटमा ६८५, काठमाडौं– भद्रपुरमा ६०५, काठमाडौं विराटनगर ४८०, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भद्रपुर रुटमा २१५ रुपैयाँले टिकटको मूल्य बढेको प्राधिकरणले जनाएको छ ।
काठमाडौ–पोखरा ३१५, काठमाडौं–भैरहवा ४१०, काठमाडौं–नेपालगन्ज ६५५, काठमाडौं–तुम्लिङटार ३७० र काठमाडौं–सिमराको भाडा १८० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुर ८१०, पोखरा–धनगढी ६८५, पोखरा– जनकपुर ५२५ रुपैयाँले मूल्य बढेको देखिएको छ ।
प्रतिक्रिया 4