+
+
Shares

भोटेकोशीको बाढी अत्यन्त विनाशकारी, आवश्यक सहयोग गर्न क्यानडा तयार : मार्क कार्नी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ७:४३

११ भदौ, काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीलाई ‘अत्यन्त विनाशकारी’ भन्दै गहिरो दुःख व्यक्त गरेका छन्।

यस संकटको घडीमा क्यानेडियाली जनता नेपालीहरूको साथमा रहेको उल्लेख गर्दै उनले क्यानडा आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्नीले बाढीबाट प्रभावितहरूप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गरेका हुन्।

प्रधानमन्त्री कार्नीले विपद्‌मा परेका, आफ्ना प्रियजन गुमाएका र बेपत्ता आफन्तको पर्खाइमा रहेका सम्पूर्ण परिवारजनप्रति क्यानाडाली नागरिकहरूको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

क्यानाडाली सरकारले नेपालको बाढी र त्यसपछिको परिस्थितिलाई नजिकबाट नियालिरहेको उनले बताएका छन्। साथै, बाढी प्रभावित क्षेत्रमा रहेका सबै क्यानाडाली नागरिकहरूलाई तत्काल ‘रोका’ (रजिस्ट्रेसन अफ क्यानडियन अब्रोड) प्रणालीमा आफ्नो विवरण दर्ता गर्न अनुरोध गरेका छन्।

नेपालमा हाल खोजी तथा उद्धार कार्य जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्नीले विपद् व्यवस्थापन र राहतका लागि क्यानडा आवश्यक सहयोग पुर्‍याउन पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?