+
+
Shares

रसुवा बाढी : काठमाडौंमा ३३ जनाको उपचार हुँदै, ९ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ८:२१

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जना ९ जना डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार बिहानसम्म ९ जना डिस्चार्ज भइरहेका छन् अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना ल्याइएकोमा ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भीक अस्पतालमा ३/३ जना र छाउनीमा एक जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?