११ भदौ, रुकुमपूर्व । रसुवाको रसुवागढी प्रहरी चौकीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन श्रेष्ठ बुधबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
भूमे गाउँपालिका–३ झुम्लाबाङका श्रेष्ठ करिब एक वर्षदेखि रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए। बुधबार रसुवागढी क्षेत्रमा अचानक आएको बाढीपछि परिवारसँग उनको सम्पर्क टुटेको हो।
बाढी आउनुअघिसम्म उनी प्रहरी चौकीमै कार्यरत रहेको परिवारले जनाएको छ। बाढीपछि पटक-पटक फोन सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन नसकेको उनकी भाउजू अनिता बुढामगरले बताइन्। ‘बाढी आएपछि अहिलेसम्म मिलनसँग सम्पर्क भएको छैन। फोन पनि लाग्दैन’, उनले भनिन्, ‘उहाँको अवस्था के छ भन्ने थाहा नहुँदा परिवार निकै चिन्तित छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4